Logo

प्रमुख समाचार

सत्तारूढ दलकाे छलफलपछि रविले भने- मेरो बोल्ने अधिकार हो, पहिला त्यसको सुनिश्चितता हुनुपर्छ !



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको आरोपका विषयमा पहिला प्रतिनिधिसभामा बोल्न पाउनुपर्ने आफ्नो अडान कायमै रहेको बताएका छन् ।

सत्तारुढ दलको बैठकबाट बाहिरिने क्रममा उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । “मैले एकपटक बोल्न पाउनुपर्छ भनेको छु,” उनले भने, “मैले चुनौती पनि दिएको छु । मलाई जवाफ जहाँ दिए पनि हुन्छ । मैले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्छ । सार्वभौम संसद्मा बोल्ने अधिकार मेरो पनि हो । त्यसपछि के गर्ने हो कुरा गरौँला । हात बाँधेर छिर्न नदिने, अनि किन डराएको भन्ने ? एकपल्ट कुरा सुन्न किन डराएको ? लोकतान्त्रिक अभ्यास भएको दलले कुरा सुन्दा पनि सुन्दिन भन्ने ? फौजदारी आरोप लगाउने ? किन डराएको भन्ने ? पहिला मेरो कुरा सुन्न तयार हुनुपर्छ । बोल्न पनि नदिएर, वेल पनि घेरेर समिति बनाउनुपर्छ पहिला भन्नु न्यायसंगत हो र ? आफ्ना कुरा स्पष्ट पारौँ । त्यसपछि मात्रै समितिका विषयमा छलफल गरौँला ।”

उनले आफूलाई रोष्ट्रममा जान नदिइएको उल्लेख गर्दै प्रश्न गरे–सभामुखले बोलाउँदा पनि जान नदिने ? मागमाथि माग राखेर हुँदैन । पहिला प्रधानमन्त्रीको जवाफ मागियो, त्यसपछि गृहमन्त्रीको भनियो । एउटा मान्छेमाथि जवाफ मागेपछि संसदको लोकतान्त्रिक रक्षाको गर्नुपर्दैन कांग्रेसले ?”

प्रकाशित मिति : बैशाख ३०, २०८१ सोमबार  ६ : ०४ बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।