Logo

प्रमुख समाचार

उपेन्द्र र कार्की आउट भएपछि स्वास्थ्य मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले लिए शपथ



काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेल शपथ खुवाएका हुन् ।

त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ खुवाएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यावद र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए । उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  ७ : ०२ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।