Logo

आजको तस्बिर

संसद भवनमा राष्ट्रपति सवारीको रिहर्सल



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवनभित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार  ११ : ५८ बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।