काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ७०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि सोमबार सुन तोलामा १ लाख ३८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया