Logo

अर्थ

सेयर बजारमा ९ अंकको गिरावट, ३ अर्ब ७० करोडको कारोबार



काठमाडौं । आज सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक सेयर बजार ९.५४ अंकले घटेर २०१७ को विन्दुमा कायम भएको छ ।

आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १५:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।