Logo

अर्थ

सेयर बजारमा झिनो अकंकाे वृद्धि, ४ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अकंले बढेको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ को विन्दुमा बन्द भएको हो ।

आज ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर काारेबार भएको छ । आज १०३ कम्पनीको सेयर मुल्य बढेको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र सृजनशिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशतका दरले कमाएको छन् ।

सीईडीबी हाइड्रोपावरको सार्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार  ३ : २८ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।