Logo

अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ११:१३   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।