Logo

अर्थ

मर्जपछि सामुदायिक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । सामुदायिक लघुवित्तको २ लाख ५६ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएपछि सामुदायिक लघुवित्तको नाममा सूचीकरण भएको हो । यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।

सूचीकृतपश्चात अब कम्पनीको सेयर आगामी आइतबारदेखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल भने एसएलबिएसएल कायम भएको छ । कम्पनीको सेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता ८८३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १६:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।