Logo

अर्थ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सर्लाही ईश्वरपुर नगरपालिका-१२ घर भएका ४१ वर्षीय अजय कुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख रूपैयाँ जरिवाना ३ दिन कैद र २८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ गैह्रीगाउँबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १७:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।