काठमाडौं । पाचँथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार कम्पनीको ८औं वार्षिक साधारणसभा आगामी जेठ २७ गते काठमाडौं बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे सुरू हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने भएको छ ।
उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक समितिको संख्या संशोधन गर्ने, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने/गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ ।
सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकले प्रस्तुत गरेकाे गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ ।
यसैगरी सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया