Logo

अर्थ

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच विभिन्न योजनासम्बन्धी सम्झौता



काठमाडाैं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इनटरनेशनल प्रालिबीच बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा दर्ता गरी कुनै पनि रकमको टप-अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुने जनाइएको छ ।

त्यसैगरी, ग्राहकहरुले न्यूनतम रु १०० को टप-अपमा वा कुनै पनि डेटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्रमार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।

यसै गरी, कारोबार गर्ने ग्राहकहरुमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभर लागू हुनेछ ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथमार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार  ३ : ०४ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।