Logo

अन्तर्राष्ट्रिय

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन



काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको छ ।

अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

इरानी तसिन्म समाचारले राईसी चढेको को हेलिकप्टरको वास्तविक अवस्था के छ भन्ने स्पष्ट नभएको जनाएको छ ।

राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए, जसमा दुईवटा हेलिकप्टरमा मन्त्री र अधिकारीहरू सवार थिए जो सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १९:४०   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।