Logo

अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्यले ९०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको छ । सुन मात्रै नभई चाँदीले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ सोमबार  ११ : ४३ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।