Logo

अर्थ

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक शुल्क बुझाउन आग्रह



काठमाडाैं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोली आफ्नो धितोपत्र कारोबार गर्दै आईरहेका डिम्याट खातावालाहरुलाई यस्तो आग्रह गरेको हो ।

खातावालाहरुले प्रत्येक आर्थिक वर्षको रु.१०० का दरले वार्षिक नविकरण शुल्क बुझाउनु पर्नेछ । यस्तो शुल्क असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल वा मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा बुझाउन सकिनेछ ।

मेरो-सेयर प्रयोगकर्ताहरुले भने मेरो-सेयर लग–इन गरी विभिन्न विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै १ हजार ९९९ रुपैयाँ भुक्तानी गरी क्यापिटलबाट सञ्चालित आजीवन डिम्याट र मेरो-सेयर योजनाको सुविधा लिई वार्षिक नविकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  १० : ५५ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।