Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १२ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  ११ : १२ बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।