Logo

अर्थ

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच व्यवसायिक सम्झौता



काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडबीच व्यवसायिक सम्झौता भएको छ । ‘Way to Listing’ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

बैंकले हिमाल वाटर पार्क भिलेज होटललाई आइपीओ जारी गरी सूचीकरणको चरणसम्म पुर्‍याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौतामा भिलेज होटलका तर्फबाट सञ्चालक सुनिल कुमार खेतान र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पुर्‍याई वैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ ।

हाल परिवर्तित गण्डक, वहुवरी­१४, विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले Suite, Deluxe, Executive, Presidential Suite गरी ६० वटा सुविधा सम्पन्न कोठाहरुका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित आरामदायी आवास, आधुनिक सुविधाहरू र न्यानो आतिथ्यताको साथ सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार ११:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।