Logo

अर्थ

नेपाल पुनर्बीमा कम्पनीको सीइओका लागि ५ जनाको नाम सर्टलिस्ट, को–को परे ?



काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ । कम्पनीको सीईओ छनौट तथा सिफारिस समितिले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।

समितिले दामोदर भण्डारी, नारायण कुमारी भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापाको नाम सर्टलिस्ट गरेको हो । कम्पनीले गत फागुन ७ गते रिक्त रहेको सीईओ पदका लागि २१ दिने दरखास्त आह्वान गरेको थियो । दरखास्त आवेदन दिएका आवेदकमध्येबाट उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ५ जना उम्मेदवारलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिएको हो ।

सर्टलिस्टमा परेका ५ जना उम्मेदवारहरूका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको स्थान र मिति समेत तोकिएको छ । उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता आगामी जेठ ११ गते काठमाण्डौको थापाथलीस्थित नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा हुनेछ ।

उम्मेदवारहरुलाई आफूले पेश गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति साथमा लिई आउनु पर्नेछ र दरखास्त फाराम साथ पेश गरेको व्यावासयिक कार्ययोजना नै प्रस्तुतीकरण गर्नुपर्ने छ ।

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा एक जनालाई सीईओ नियुक्त गरिनेछ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  १२ : २३ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।