Logo

अर्थ

सेयर बजार २३.९४ अंकले बढ्याे, कारोबार रकम ५ अर्ब २० करोडमाथि



काठमाडाैं । साताकाे चौथो दिन मंगलबार पनि सेयर बजार बढेको छ। यस दिन नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको छ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ।

आज ३१७ कम्पनीको ७३ हजार ६६७ पटकको १ करोड ३२ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री हुदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक घटेको हो।

आज पोखरा फाइनान्सकाे सर्वाधिक कारोबार भएकाे छ । यस कम्पनीकाे २४ करोड ६४ लाख कारोबार भएकाे छ ।

 

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  ३ : ५६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।