Logo

अर्थ

सम्पत्तिमा सबैभन्दा धनी देखिए उपप्रधानमन्त्री रघुवीर महासेठ, २ करोड त बैंक ब्यालेन्स मात्रै



काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्रवजनिक गरेकाे सम्पत्ति विवरणमा उपप्रधानमन्त्री रघुवीर महासेठकाे बैंक ब्यालेन्स २ कराेड रहेकाे छ । उनीसँग ४३ ताेला सुन रहेकाे पनि जनाइएकाे छ ।

मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सार्रवजनिक भएकाे सम्पत्ति विवरणअनुसार महासेठसँग जनकपुर उमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुईवटा घर छ। जनपुरका जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ। त्यस्तै ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। धुनषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको जनाइएको छ।

पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ।

त्यस्तै रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ। यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात छ। यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ।

उपप्रधानमन्त्री रघुवीरसँग ४३ तोला सुन रहेको छ। त्यस्तै साढे एक किलो सुन रहेको छ।

सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ।

पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ। यी सम्पत्ति ऋण, सापटी, पैतृक र कृषिबाट प्राप्त भएको उल्लेख छ।

महासेठले आफूसँग कुनै सवारी साधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।

 

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  ४ : ०८ बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।