काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात छ । त्यस्तै उनीसँग चल सम्पत्तिमा १३ लाख नगद छ । उनले चल सम्पत्ति तलब भत्ताबापत पाएको उल्लेख गरेका छन् ।
त्यसैगरी उनको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख छ।
तामाङसँग ६ तोला सुन र ७/८ तोला चाँदी रहेको र ती तलब भत्ताबाट खरिद गरेको खुलाइएकाे छ ।
प्रतिक्रिया