Logo

अर्थ

अर्थमन्त्री पुनको सम्पत्ति : ३३ लाख नगद र एउटा हलुका सवारी



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ ।

उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।

उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको सम्पत्ति विवरणमा उनले उल्लेख गरेका छन् ।

पुनसँग रहेकाे एक थान हलुका सवारीसाधन पार्टीको सम्पत्ति भनेका जनाइएकाे छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १६:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।