Logo

अर्थ

सञ्चार मन्त्री शर्माको सम्पत्ति: कीर्तिपुरमा घर, सहकारीमा २० लाख बचत



काठमाडाैं । सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ।

शर्माले सम्पत्ति विवरणमा कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा ६ आना जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गरेकी छन्।

प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ।

सुन ६ तोला र २ तोला चाँदी रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उनको भनाइ छ।

मन्त्री शर्माको नाममा राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ।

उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता शेयर रहेको उल्लेख गरेकी छन्। ६५ लाख ऋण लिएको, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि उल्लेख छ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  ५ : २९ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।