Logo

अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ईलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसननगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरेको हो । यो कार्यले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुग्ने बैंकले जनाएको छ ।

हरियाली प्रवद्धनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियोे ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार  २ : १९ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।