काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा देबेन्द्र खनाल नियुक्त भएका छन् । देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका कामु सीईओ थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई आगामी ४ वर्षका लागि सरकारले सीईओमा नियुक्त गरेको हो ।
सीईओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । हिजो बुधबार अन्तर्वार्ता भएको थियो ।
बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । यी मध्ये देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओका रुपमा थिए ।
सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको उनीहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि बोलाइएको थियो । उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिएका थिए ।
अन्तरवार्ताबाट उत्कृष्ट अंक प्राप्त गर्नेमध्येबाट संचालक समितिले खनाललाई सीईओ नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सीईओ नियुक्त भएका खनाल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनले एमबीए पनि गरेका छन् । उनीसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।
प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि उक्त बैंकमा सीईओ पद रिक्त थियो ।





















प्रतिक्रिया