Logo

अर्थ

तोलामा १८ सयले घट्यो सुनको मूल्य



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । सुनको मूल्य १८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५५ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ११:०६   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।