Logo

प्रमुख समाचार

गृहमन्त्रीको अभिव्यक्त र कैलाशको पक्राउबारे बालुवाटारमा कांग्रेसले माग्यो जवाफ



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्‌मा दिएको अभिव्यक्ति र सिरोहियाको पक्राउबारे प्रधानमन्त्रीलाई प्रश्न उठाएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौँ भनेका छौँ ।’

जवाफमा प्रधानमन्त्री गृहमन्त्रीको अभिव्यक्तले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । लेखकका अनुसार सिरोहिया पक्राउलाई भने अदालतको आदेश कार्यान्वयन गरेको भन्दै बचाउन गरे थिए ।

बैठकमा सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका विषयमा सकारात्मक छलफल भएको लेखको भनाई छ । विगतमा संसदीय छानबिन समिति गठनको विपक्षमा मत राख्ने ओली शुक्रबारको बैठकमा मौन थिए ।

लेखकका अनुसार सत्तासीन माओवादी र एमालेका नेताहरू सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सकारात्मक देखिएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार १०:२६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।