Logo

अर्थ

नेशनल लाइफले बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमलेखहरू जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको हो ।

कम्पनीले २०७७ सालदेखि हालसम्म व्यतित भएका बीमालेखमा १०० प्रतिशत, ०७४ साल चैत्र २ गते देखि २०७७ साल चैत्र १ गतेसम्म व्यतित बीमालेखमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ साल चैत्र १ गतेसम्म व्यतित बीमालेखमा ६० प्रतिशत छुट दिने जनाएको छ ।

साथै, नवीकरण मितिले दुई वर्षभित्र अवधि समाप्त हुने बीमलेखमा छुट नहुने र बीमा अवधिभर यो सुविधा एकपटक मात्र लागु हुने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  १० : ३४ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।