Logo

अर्थ

आइएमई लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (जेठ १३ गते आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ ।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीको साधारण सभा जेठ २८ गते बस्ने भएको छ । सभा, आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट एक जना संचालक नियुक्त गर्ने एजेण्डा रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  १० : ४२ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।