Logo

अर्थ

फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता



पोखरा । फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ ।

आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य मनाङमा अवस्थित फार्म हाउस र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहकाबीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एग्रो मनाङ प्रा.ली.द्घारा संचालीत फार्म हाउस होटल बिगत पाँच बर्षदेखी संचालनमा आएको हो । जुन मनाङ जिल्लाकै सुबिधा सम्पन्न होटलको रुपमा परिचित छ ।

यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यलयहरु छन् ।

यस्तै २८५ एटीएम, ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको रहेको छ । बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  २ : ०९ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।