Logo

खेलकुद

विश्वकपको वार्म अपमा नेपाल र क्यानडा खेल्दै



काठमाडाैं । आइसीसी टी-२० विश्वकप अघिका वार्म अप खेल आजदेखि सुरु हुँदै छन् । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो वार्म अप खेल क्यानडासँग खेल्न लागेको हो ।

नेपाल र क्यानडाबीचको वार्म अप खेल डालासमा खेलिने छ । खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

टी–२० विश्वकपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

यसैगरी क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, रविन्दरपाल सिंह, नवनित धालिवाल, कलिम साना, डिलोन हेलिगर, जेरेमी गोर्डन, निखिल दत्त, परगत सिंह, निकोलस किर्तन, रेयान खान पठान, जुनैद सिद्धकी, दिलप्रित बाजवा, श्रेयष मोभा र रिसिभ जोशी रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल आयोजक राष्ट्र अमेरिकासँग मे ३० तारिखमा खेल्नेछ । दोस्रो वार्म अप खेल पनि डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममै खेलिने छ । दोस्रो अभ्यास खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १०:४३   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।