Logo

अर्थ

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूका नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ । आवेदन पेस गर्ने अन्तिम मिति जेठ २२ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार ११:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।