Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य प्रतितोला ३०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँ पुगेको छ । हिजो आइतबार १८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको हो ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ सोमबार  ११ : २७ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।