Logo

अर्थ

कामना सेवा विकास बैंकका ग्राहकहरुले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने



काठमाडाैं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ड्रिम इन्टरनेशनल होटल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  १ : ५६ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।