Logo

अर्थ

कृषिमा लगानी दशकको घोषणा



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई ‘कृषिमा लगानी बर्ष’ घोषणा गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् ।

कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  ३ : ३८ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।