Logo

अर्थ

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन् ।

सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताउँदै उनले समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् ।

साथै उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन्।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  ३ : ५२ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।