Logo

अर्थ

खानेपानी क्षेत्रमा अधिकांश पुराना कार्यक्रम



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा विनियोजन रकम घटाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि २६ अर्ब ६३ करोड बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षमा खानेपानी र सरसफाइ क्षेत्रलाई २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

पुनले थप ४ लाख ४५ हजार जनता खानेपानीबाट लाभान्वित हुने बजेट घोषणामार्फत दाबी पनि गरेका छन् ।

अधिकांश पुराना कार्यक्रम

मन्त्री पुनले खानेपानी तथा सरसफाई क्षेत्रमा प्रस्तुत गरेका बजेटमा अधिकांश पुराना कार्यक्रमहरु रहेका छन् ।

सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, ‘एक घर एक धारा’ को लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने, दिसाजन्य लेदो प्रशोधन गर्ने, फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गर्ने चालु आर्थिक वर्षमा घोषणा भएर प्रभावकारी कार्यान्वयन नभएका कार्यक्रमहरु हुन् । यस्तै मेलम्चीको हेडवर्क्स सारिने पनि नयाँ कार्यक्रम होइन ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  ६ : ०५ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।