काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वास्तविकता भन्दा माथि भएको बताएका छन् । सुधारको कुराहरु बजेटले नसमेटेको समेत बताएका छन् । डा. महतले कनिका छरे जस्तो बजेट छर्ने कार्यक्रमका विषयमा अर्थमन्त्री वर्षमान पुन मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
यो बजेटले बजेटरी सुधार हुने छन्द आफूले नदेखेको उनले बताए । समग्रमा बजेट वितरणमुखी जस्तो देखिएको उनले बताएका छन् । कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान दिने आफ्नो पालामा भनिएकोमा अर्थमन्त्री पुनले त्यस विषयलाई छाडेको उनले बताए ।
प्रतिक्रिया