Logo

अर्थ

बजेटबाट सेयर लगानीकर्ता निराश, २३.८१ अंकले घट्यो नेप्से



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत लगानीकर्ता असन्तुष्ट देखिएका छन् । बजेट सार्वजनिक पछिको पहिलो कारोबारमा बजार दोहोरो अंकले गिरावट आएको छ ।

आज सेयर बजार नेप्से परिसूचक २३.८१ प्रतिशतले घटेर २०८९ को विन्दुमा कायम भएको छ । आज बुधबार ५६ कम्पनीको सेयर मुल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य बढेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १९ कोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।

आज ४ वटा समूहको सूचक समेत बढेको छ । वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक अन्य समूहको सूचक घटेको छ । जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  ३ : ३० बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।