Logo

अर्थ

सेयर बजारमा १९.८९ अंकको गिरावट, ४ अर्ब २१ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा झरेको छ।

बजारमा आज ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। बजार घट्दा ७० कम्पनीको शेयरभाउमात्रै बढेको छ। १७३ कम्पनीको सेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स, अपर लोहो भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल फाइनान्सकाे सर्वाधिक कारोबार भएको छ। आज यक कम्पनीकाे १९ करोड ४५ लाख रुपैयाँकाे कारोबार भएको छ।

ङादी ग्रुप पावर १५ करोड ३० लाख रुपैयाँजानकी फाइनान्स १३ करोड ६० लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १२ करोड ३ लाख रुपैयाँ,कालिञ्चोक दर्शन १० करोड ६१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर १० करोड ४८ लाख रुपैयाँ,नारायणी डेभलपमेन्ट बैंक ९ करोड ६३ लाख रुपैयाँ,शिवम सिमेन्ट ७ करोड ५८ लाख रुपैयाँ,हिमालयन लघुवित्त ६ करोड २९ लाख रुपैयाँ, पोखरा फाइनान्स ५ करोड ४० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार  ३ : ३९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।