Logo

आजको तस्बिर

नियम उल्लंघन गर्नेहरू ‘ट्राफिक भोल्युन्टियर’ भएर सडकमा खटिए (तस्बिरहरू)



काठमाडाैं । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ‘ट्राफिक भोल्युन्टियर’का रूपमा खटाइएको छ ।

गृहमन्त्री रबी लामिछानेले जेठ १५ गते मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई ‘ट्राफिक भोल्युन्टियर’का रूपमा खटाइने जनाएका थिए ।

मापसे तथा अन्य सडक सम्बन्धित नियम उल्लङ्घन गरेको अवस्थामा ‘ट्राफिक भोल्युन्टियर’ भएर काम गर्ने नयाँ नियम जेठ १६ बाटै प्रहरीले लागू गरेको छ ।

अहिले काठमाडौंका सडकमा ट्राफिक सँगै भोल्युन्टियर पनि सडकमा खटिएका देखिन्छन् । उनीहरु सडक काट्ने नागरिकहरुलाई सडक काट्न अनुमति दिने र रोक्ने काम गरिरहेका हुन्छन् । यो भन्दा अगाडि ट्राफिक नियम उलङ्घन गर्नेले दुई घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने व्यवस्था थियो ।

अब भने प्रयोगात्मक रुपमै काम गर्नुपर्ने व्यवस्था ल्याइएको छ । गृहमन्त्री लामिछानेको यो कदमको धेरैले खुलेरै प्रशंसा गरेका छन् भने केहीले आलोचना पनि गरेका छन् । केहीले मापसे गरेकाले ट्राफिक व्यवस्थापनमा कसरी काम गर्न सक्ला भने प्रश्न उठाएका छन् ।

गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीले मिन्सुरेसन भएको बेलामा चार दिन बिदा बस्न पाउने घोषणा पनि गरेका छन् ।

तस्बिरहरू :

 

प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार  ४ : ३५ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।