काठमाडौं । प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा ‘सिबी’ लाई पक्राउ गरेको हो ।
सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार बिहान पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।
लामा संलग्न रहेका यी दुवै सहकारी सरकारले हालै गठन गरेको संसदीय छानबिन समितिको दायराभित्र पनि समेटिएका छन् ।
प्रतिक्रिया