Logo

अर्थ

सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । आज छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  ११ : २६ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।