Logo

प्रमुख समाचार

संसदीय छानबिन समितिले रवि लामिछानेदेखि महान्यायाधिवक्ता र आईजीपीसँग बयान लिन्छ : महामन्त्री थापा



काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले सबैको बयान लिने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी राई र त्यसमा आवद्ध हालका गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने बताए ।

‘सूर्यदर्शन लगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ,’ उनले भने, ‘त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानुनी हो । यो गैरकानुनी रकम प्रवाह भएकोमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।’

महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १२:३९   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।