Logo

प्रमुख समाचार

अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौं : महामन्त्री थापा



काठमाडौं ।  नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले अब आफुहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् ।

महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका हुन् । उनले भने, ‘ गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमो सूचना बेच्ने मान्छे छ भने त्यो देश द्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ । देशद्रोहको मुद्दा लगाउनुपर्छ । थुन्नुपर्छ ।’

गृहमन्त्री बरालिए भन्दैमा आफूहरू नबरालिने महामन्त्री थापाले बताए । ‘हामीले त हिसाब–किताब लिनै पर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ,’ उनले भने, ‘ कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  १२ : २६ बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।