Logo

अर्थ

आईएफआईसी बैंकले स्थगित गर्‍यो नबिलको सेयर बेच्ने प्रक्रिया



काठमाडौं । संस्थापक सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको सेयर बेच्ने निर्णय स्थगित गरेको छ । कम्पनीले गत वर्ष बैंकमा भएको आफ्नो १ अर्ब ७७ करोड ३६ लाख ८८ कित्ता संस्थापक सेयर र सोबाट आर्जित बोनस सेयर समेत सबै बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो ।

नबिल इन्भेस्टमेन्ट बैंकिङले एक सार्वजनिक सूचना जारी गर्दै आईएफआईसीको नबिल बैंकमा विद्यमान सेयर कायमै राख्ने निर्णय भएको जानकारी गराएको हो ।

‘नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी गराएकोले जेठ १९ गते बसेको संचालक समिति बैठकले नियामक निकायलाई जानकारी गराउने निर्णय गरेको छ’ सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १२:५६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।