Logo

अर्थ

पर्वत पैयु खोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने



काठमाडौं । पर्वत पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा आगामी असार ३ गते साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा काठमाडौं टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, कम्पनीको नियमावलीको नियम १८ मा संसोधन गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछन् ।

प्रकाशित मिति : जेष्ठ १९, २०८१ आईतबार  १ : २७ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।