Logo

प्रमुख समाचार

गिरिबन्धु टी-इस्टेट र टेरामक्सको फाइल खोल्न चाहन्छौं : मनिष झा



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गिरिबन्धु टी इस्टेट, टेरामक्स आदि प्रकरणको फाइल खोल्न चाहेको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले संसदीय छानबिन समिति बनाउन हुन्न भन्नेमा आफ्नो पार्टी नरहेको बताए । २०५४ सालदेखि अहिलेसम्म १५ वटा समिति बनेको, ती सबै समितिमा व्यक्ति किटान नगरिएको चर्चा गर्दै उनले रास्वपा सभापति रवि लामिछानेको चाहिँ नाम किन उल्लेख गर्नुपर्ने भनेर चासो रहेको बताए ।

‘हाम्रो केही सरोकार पनि छन् । हामी संलग्न कुनै अभियोगहरूमा यति आवाज उठाउँदै गर्दा मेरा पनि केही आवाजहरू छन्,’ उनले भने, ‘बाल मन्दिरको जग्गा, बाँसबारीको जग्गा, टीकापुरको जग्गा, गिरिबन्धु, टेरामक्सको फाइल खोल्न चाहन्छौं,’ उनले भने ।

उनले विगतमा यी प्रकरणको फाइल नै नबनेकाले खोल्न नसकेको पनि बताए ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  १ : ४० बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।