Logo

अर्थ

पाँच महिनामा भित्रिए ५ लाख पर्यटक



काठमाडाैं । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे मा मात्र ९० हजार २११ पर्यटक नेपाल भित्रिएका हुन् ।

योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । तथ्यांकअनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका थिए ।

मे मा सबैभन्दा बढी ३८ हजार २८८ भारतीय पर्यटक भित्रिएका छन् । त्यस्तै अमेरिकाबाट ८ हजार ५२७, चीनबाट ८ हजार ३८१ पर्यटक भित्रिएका छन् ।

बोर्ड निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएको छ । दोस्रो स्थानका लागि चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिन्छ । मार्चमा प्रिमनसुन महिना हो ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १३:४९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।