काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य तोलामा १ हजार रुपैयाँ घटेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आइतबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकामा सोमबार घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया