Logo

प्रमुख समाचार

प्रचण्ड भेट्न ओली र देउवा बालुवाटारमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको हो ।

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकै पटक भेटवार्ता र छलफल भएको हो । तीन नेताबीच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको हुनसक्ने बुझिएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  ११ : ५० बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।